कालो साडी लगाएर महिलाले किन मनाए तिज ? कारण यस्तो !!

कालो साडी लगाएर महिलाले किन मनाए तिज ? कारण यस्तो !!

कञ्चनपुर, भदौ २७ । निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै कञ्चनपुरका महिला फेरि आन्दोलित भएका छन् ।

सरकारले घटनाको छानबिन गर्न उच्चस्तरीय समिति पठाए पनि समितिले यथार्थ पत्ता लगाउन नसकेपछि महिलाहरु आन्दोलित भएका हुन् ।

सौभाग्यको प्रतीक रातो साडी, चुरा, पोते लगाएर अन्यत्र महिलाले हरितालिका (तीज) मनाइरहेको समयमा महेन्द्रनगरका महिलाले भने कालो साडी लगाएर घटनाको विरोध गरेका छन् । हत्यारा पत्ता लगाउन माग गर्दै गठित दबाबमूलक संघर्ष समितिले आज महेन्द्रनगरको मदनचोकमा निर्मलाको वास्तविक हत्यारा पत्ता लगाउन माग गर्दै धर्नासमेत दिएको छ ।

धर्नामा सहभागीहरुले निर्मलाका वास्तविक हत्यारा पत्ता लगाउन दबाब दिँदै आन्दोलन जारी राख्ने बताएका छन् ।

सरकारले गठन गरेको उच्चस्तरीय समितिले प्रतिवेदन बुझाउन ढिला गरेको र जिम्मेवारीबाट भाग्न खोजेको आरोप स्थानीयले लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्