कञ्चनपुरमा फेरी १० वर्षीया बालिका बलात्कृत, आरोपी पक्राउ परे

<span class='c1'>कञ्चनपुरमा फेरी १० वर्षीया बालिका</span> <span class='c2'>बलात्कृत, आरोपी पक्राउ परे</span>

कञ्चनपुर, भदौ २७ । दश वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा महाकाली नगरपालिका–४ का ४० वर्षीय आइते सुनारलाई प्रहरीले नियन्त्रमा लिएको छ ।

मङ्गलबार साँझ सुनारले बालिकामाथि जबर्जस्ती करणी गरेका थिए । सुनारलाई स्थानीयवासीको सहयोगमा इलाका प्रहरी कार्यालय दोधाराले नियन्त्रणमा लिई अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए ।

कारागार चलान 

कृष्णपुर नगरपालिका–७ शान्तिपुरका ३३ वर्षीय किशोरदत्त भट्टलाई धरौटी रकम तिर्न नसक्दा कारागार चलान गरिएको छ । भट्टले यही भदौ १८ गते कुटानी पिसानी गर्न मिलमा आएका ७० वर्षीय वृद्ध रामदुलारी रानालाई कुटपिट गरेका थिए ।

भट्टसँग रु १० हजार धरौटी माग गरे पनि तिर्न नसकेपछि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अभद्र व्यवहार गर्नेलाई कार्बाही 

दश वर्षीया बालिकामाथि अभद्र व्यवहार गरेको आरोपमा बैतडीको दोगडा केदार गाउँपालिका–७ का ६० वर्षीय जयसिंह कार्कीलाई कारागार चलान गरिएको छ । धरौटी रकम रु १० हजार तिर्न नसकेपछि उनलाई कारागार पठाइएको हो । कार्कीले यही भदौ १९ गते बालिकामाथि हातपात गर्दै अभद्र व्यवहार गरेका थिए ।

स्थानीयवासीले उनलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए । धरौटीवापतको रकम तिर्न नसकेपछि कार्कीलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्