२ लाख बराबरको पटका प्रहरीद्धारा बरामद

२ लाख बराबरको पटका प्रहरीद्धारा बरामद

झापा, २७ भदौ ।
झापा जिल्लाको भद्रपुर नगरपालिका ३ स्थित बगान एरियाबाट प्रहरीले ३ लाख मूल्य बराबरको विष्फोटक पदार्थ (पटका) बरामद गरेको छ । विशेष सुराकीको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले बोरामा प्याक गरेर साईकलमा लोड गरिल्याउँदै गरेको अवस्थामा नागिन र चकलेट बम अन्दाजी २ लाख मूल्य बराबरको पटका फेला पारी बरामद गरिएको हो । प्रहरीको टोलीलाई देख्नासाथ पटका ल्याउने व्यक्तिहरु साईकल र पटका छोडेर फरार भएका थिए । बरामद पटका तथा ३ थान साईकल वडा प्रहरी कार्यालय भद्रपुरमा राखी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्