पहिरोको कारण संखुवासभाको सिलिचुङका ३५ घर जोखिममा

पहिरोको कारण संखुवासभाको सिलिचुङका ३५ घर जोखिममा

संखुवासभा, २८ भदाै । संखुवासभाको सिलिचुङ गाउँपालिका-३ याचम्खा जन्तरे टोलमा पहिरो खस्दा ३५ घर जोखिममा परेको छ । लगातार ३ दिन देखी परेको अविरल वर्षाको कारण बुधबार राती देखीने पहिरो खसेर ६ घर परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । घटनास्थलमा प्रहरी चौकी ताम्कुबाट प्रहरीको टोली खटि गई बिस्थापित घर परिवारलाई सुरक्षित स्थान तथा आफन्तको घरमा सारिएको छ । पहिरोबाट विस्थापित परिवारलाई उद्धार तथा राहत वितरणको लागि  स्थानीय जन प्रतिनिधी र सम्बन्धित कार्यालयमा समन्वय भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको  छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्