ईलाममा खोलाले बगाएर एक बृद्धको मृत्यु

ईलाममा खोलाले बगाएर एक बृद्धको मृत्यु

ईलाम, २८ भदाै ।  ईलाम जिल्लाको ईलाम माई नगरपालिका-९ मा लोदिया खोलाले बगाएर एक बृद्धको मृत्यु भएको छ । खोलाले वगाएर ईलाम माई नगरपालिका-९ स्थित कालीखोप बस्ने ८४ बर्षीय सूर्य बहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।   बजार जान्छु भनि घरबाट निस्केका राई साँझसम्म पनि घर फर्केर नआए पश्चात आफन्तले प्रहरीमा खबर गरेका थिए । खोलाले बगाएर बेपत्ता बनाएको भन्ने जानकारी पाउना साथ तत्काल प्रहरी चौकी चिसपानीबाट गएकाे प्रहरीकाे टोलीले राती १२ बजे राईको शव लोदिया खोलाको किनारमा फेला पारेको थियो ।  शव पोष्टमार्टमको लागि मेची अंचल अस्पताल झापाकाे भद्रपुर पठाईएको ईलाम प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्