विराटनगरकाे भन्सार ढाटबाट लागु औषध सहित एकजना पक्राउ

विराटनगरकाे भन्सार ढाटबाट लागु औषध सहित एकजना पक्राउ

विराटनगर । मोरङको विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट प्रहरीले बुधवार दिउँसो लागू औषध सहित १ जनालाई पक्राउ गरेको छ ।

लागू औषध नियन्त्रण व्यूरोबाट खटिएको टोलीले लागूऔषध सहित सुनसरी धरान उप- महानगरपालिका- ८ बस्ने ३६ वर्षीय विशाल तामाङलाई पक्राउ गरेको  हो ।

तामाङलाई भारतबाट लागूऔषध खरिद गरि नेपाल तर्फ आउँदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्ने क्रममा लागू औषध एभिल-२३ एम्पुल, लुपिजेसिक-२२ एम्पुल, डाईजेल्याव-२२ एम्पुल र फेनारगन-७ एम्पुल बरामद गरिएको हो ।

पक्राउ परेका तामाङलाई बरामद लागूऔषध सहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय रानीमा बुझाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्