निर्मला हत्या प्रकरण : छानविन समितिमा फर्किए विरेन्द्र केसी

निर्मला हत्या प्रकरण : छानविन समितिमा फर्किए विरेन्द्र केसी

काठमाडौ भदौ २८ – निर्मला पन्तको बलात्कार र हत्याराको पहिचान मुश्किल भएको र आफ्नै ज्यानसमेत जोखीममा रहेको भन्दै उच्चस्तरीय छानविन समितिको सदस्यबाट राजिनामा दिएका विरेन्द्रबहादुर केसीले आफ्नो पूर्वघोषित राजिनामा फिर्ता लिएका छन्।

गृहमन्त्रालय मातहतका सहसहचिब हरिप्रसाद मैनालीको संयोजकत्वमा रहेको उच्चस्तरीय छानविन समितिले १५ दिनमा अभियुक्ता पहिचानमा खासै काम  गर्न नसकेको पीडितलाई न्यायदिन सक्ने अवस्थामा आफू र समिति नरहेको भन्दै उनले राजिनामाको घोषणा गरेका थिए।

यस विषयमा आज गृहमन्त्रालय, उच्चस्तरीय छानविन समितिका संयोजकसहित भएको छलफलबाट दोषी पत्तालागाई कारवाही गर्ने विषयमा एकमत कायम भएकाले उक्त राजिनामा फिर्ता लिएको केसीले जनाएका छन्। उनले राष्ट्र सेवकको अनिवार्य कर्तव्य बोध गर्दै समितिमा यथावत रही छानविन कार्यमा संलग्न हुने जनाएका छन्।

केसी प्रदेश नं ७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका तर्फबाट प्रतिनिधित्व गर्दै समितिमा सदस्यका रुपमा चयन भएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्