झापाको गौरादहमा बालबालिकाको लागि चिल्ड्रेन पार्क बन्ने

झापाको गौरादहमा बालबालिकाको लागि चिल्ड्रेन पार्क बन्ने

बिराटनगर भदाै २८,  झापा जिल्लाको गौरादह नगरपालिका वडा नं २ मा  चिल्ड्रेन पार्क बन्ने भएको छ । गौरादहमा तीन कठ्ठा क्षेत्रफलमा उक्त पार्क बन्न लागेको हो । पार्कको नाम "लायन्स चिल्ड्रेन पार्क" हुनेछ ।

मंगलबार उक्त पार्कको प्रदेश न १ का आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय हिक्मत कार्कीद्वारा शिलान्यास गरिएको थियो  ।

कार्यक्रममा बिभिन्न संघ सस्थाका प्रतिनिधि र बुद्विजिवी उपस्थिती रहेको थियो । गौरादहको पर्यटनमा उक्त पार्कले ठुलो योगदान दिने गौरादहका समाजसेवी डा. तिलक खनालले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्