विराटनगर, २८ भदाै । मोरङको विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट बुधबार ४ जना चेलीको उद्धार गरिएको छ । विराटनगरबाट जोगवनी हुँदै ओमान तर्फ जाने क्रममा धनकुटा नगरपालिका-१० बस्ने ३७ बर्षीया, दमक नगरपालिका-१ बस्ने २० बर्षीया, धनकुटा नगरपालिका-३ बस्ने २४ बर्षीया र काठमाण्डौ महानगरपालिका-३५ बस्ने २८ बर्षीया चेलीहरुको उद्धार गरेको हो । सीमा नाकामा सुरक्षार्थ खटिएको नेपाल प्रहरी र साना हात नामक संस्थाले सोधपुछ गर्ने क्रममा शंका लागि उनीहरुलाई उद्धार गरिएको हो । उनीहरुलाई विश्व सेवा बिस्तार संस्थाको संरक्षणमा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।