आज भाद्र शुक्ल चौथी अर्थात् गणेश चौथी, गणेशको पूजाआजा गरी मनाइदै

आज भाद्र शुक्ल चौथी अर्थात् गणेश चौथी, गणेशको पूजाआजा गरी मनाइदै

आज भाद्र शुक्ल चौथी अर्थात् गणेश चौथी । देशभरका हिन्दू धर्मावलम्बीले गणेशको पूजाआजा गरी गणेश चौथी पर्व मनाउँदै छन् । गणेश चौथीका अवसरमा देशभरका गणेश मन्दिरमा दर्शनार्थीको घुईंचो लागेको छ ।

उपत्यकाका सूर्यविनायक, कार्यविनायक, चन्द्रविनायक, जलविनायकसहित कमलादी गणेशको मन्दिरमा विशेष पूजासहित भक्तजनको भीड लागेको छ ।

गणेशलाई लड्डु चढाएर आफ्नो मनोकामना पुरा हुने विश्वास अनुसार अधिकांश गणेश मन्दिरमा भक्तजनहरु लड्डु बोकेर पुगेका छन् । काम सुरु गर्नुअघि गणेशको पूजा गर्दा सफल हुने जनविश्वास छ ।

आजैका दिन गणेशको जन्म भएको शिवपुराणमा उल्लेख छ । गणेश चौथीको दिन नेवार समुदायले भने चथा पर्व मनाउँदैछन् ।

आज बेलुका चन्द्रमालाई पूजा गरेर यो पर्व मनाइने गरिन्छ । चन्द्रमालाई आज चोर देवताका रुपमा पूजा गरिन्छ ।

कमलको फूल, चथा फूल, समयबजी, फलफूल, अदुवाको बोटलगायत राखेर चन्द्रमाको पूजा गर्ने चलन छ । आज पानी परेमा दसैंमा पनि पानी पर्ने जनविश्वास छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्