नेपालको पूर्वी भू-भागमा रहेको एक सिमसार बेतना सिमसार पनि हो । यो सिमसार नेपालको मोरङ जिल्लाको बेलबारी नगरपालिकामा अवस्थीत रहेको छ । यहाँ विभिन्नप्रकारको चराचुरुङ्गीहरु, बयाजन्तु, घर्सने जनावरहरु पाउनुका साथै यिनीहरुको संरक्षण पनि गरीदै आएको छ ।
कुल १ सय ७४ दशमलब ९१ हेक्टर क्षेत्रफल ओगटेको बेतना सिमसार क्षेत्र पर्यटकको आकर्षक गन्तब्य बनेको छ । बेतना सिमसारको अर्को आकर्षण हो ८ फुट उचाई र ६ फुट लम्बाई भएको कमिलाको मुर्ति l करिब डेढ लाख लागतमा श्रम र एकताको प्रतीकको रुपमा केहि बर्ष अघि बनाइएको कमिला सिमसार क्षेत्रको केन्द्रमा रहेको छ, जसले सिमसारको आकर्षण मात्र थपेको छैन, पर्यटक समेत आकर्षित गर्ने गरेको छ l
यहाँको मुख्य विशेषतामा बोटिंग गर्ने, शान्ति बातावरण, सुन्दर सजावट रहेको छ । बेतना सिमसार एक सिमसार मात्र न भएर यहाँ बिबिन्न ठाउँबाट पिकनिक (वनभोज) खान समेत आउने गर्दछन ।
तस्बिरमा :