विराटनगरको वायो ग्यास प्लान्ट विग्रिएको हल्ला गलत,केहि दिनलाई आपूर्ति मात्रै बन्द

विराटनगरको वायो ग्यास प्लान्ट विग्रिएको हल्ला गलत,केहि दिनलाई आपूर्ति मात्रै बन्द

प्रेम देवान
विराटनगर २८ भदौ । विराटनगर १४ मा रहेको गौ सेवा सदनमा रहेको बायो ग्यास प्लान्ट विग्रिएर थन्किएको भन्ने समाचार भ्रामक मात्र भएको श्रीकृष्ण गौशाला समितिले जनाएको छ ।
केहीदिन यता विभिन्न मिडियाका वायो ग्यास सदाका लागी बन्द भनेर समाचार बाहिर आँउदा धेरैको ध्यान केन्द्रित गरेको थियो ।
बिहीबार आवर विराटनगरको टोली उक्त स्थानमा पुग्दा श्रीकृष्ण गौशाला समितिका अध्यक्ष शंकरलाल अग्रवालले भने "वायो ग्यास प्लान्ट विग्रीएको हैन, केही दिनको लागी आपुर्ति बन्द मात्र गरेका हौ" । ‘विभिन्न समाचारमा वायो ग्यास सदाका लागी बन्द भनेर समाचार आँउदा हामी आफै अचम्मित पर्यो,’ खास गरि हामीले अहिलेका लागि तत्काल ३२ घरमा जडान गरिएको ग्यासको सप्लाई बन्द गरेका हौँ ।’ हाम्रो योजना भनेको ८० घरको लागी हो, अब बाकी रहेका ४८ घरलाई पनि एकै चोटी ग्यास सप्लाई गर्ने भएका कारण ग्यास अहिले तत्कालको लागी रोकेका हौ ।
ग्यास सप्लाई गर्न विजुलीको भोल्टेजमा पनि थोरै समस्या आएका कारण अब एकै चोटी जेनेटर खरिद गरेर ८० घरलाई एकै चोटी ग्यास वितरण गर्ने योजना रहेको अग्रवालको सोच छ ।

विद्युत् आपूर्तिमा थोरै समस्या हुँदा आपूर्ति रोकिएको वायो ग्यास प्लान्टका प्राविधीक हरिशरण श्रेष्ठले जानकारी दिए । बायो ग्यासको लागी बिजुलीको भरपर्दो भोल्टेज भएको भए यस्तो समस्या आईनपर्ने श्रेष्ठले बताए ।
वायो ग्यास सप्लाई गर्न भरपर्दो विजुलीको भोल्टेजमा गडभड भएका कारण अहिले केहीदिनको लागी रोकिएको मात्र हो उनले भने । मेसिनमा कुनै समस्या आएको छैन, यो सबैले बुझ्दा हुन्छ । मात्र इलेक्ट्रिक समस्या मात्र हो । भरपर्दो नियमित बिजुलीको व्यवस्था हुनासाथ आपूर्ति पुनः सुरु हुने उनले दावी गरे । बायो ग्यासलाई भरपर्दो व्याकपको लागी जेनेटर खरिद गर्देछ । ८० घरलाई वितरण गर्ने क्षमता प्लान्टसँग रहेको भन्दै थप घरमा पनि पाइप जडान गरेर एकैचोटि आपूर्ति सुचारु गर्ने गौसेवा सदनले जनाएको छ ।
विश्व बैंकको सहयोगमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, विराटनगर महानगरपालिका र जिल्ला समन्वय समितिसमेतको १ करोड १० लाख लगानीमा प्लान्ट निर्माण भएको थियो  । गत भदौ ५ गते प्रधानमन्त्री केपी ओलीले गौ सेवा सदनमा आएर प्लान्ट उद्घाटन गरेका थिए । गत १७ भदौदेखि गौ सेवा सदनले ग्यासको आपूर्ती बन्द गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्