उच्च अदालतमा प्रहरी अधिकृतको सुनुवाई शूरु, डिएसपी राउतलाई थुनामा राख्न आदेश

उच्च अदालतमा प्रहरी अधिकृतको सुनुवाई शूरु, डिएसपी राउतलाई थुनामा राख्न आदेश

विराटनगर, २८ भदौ ।
उर्लावारीका सनम शाक्य हत्या र ३३ किलो सुन काण्डमा संलग्न रहेको आरोपमा पुर्पक्षको लागि जेल चलान भएका प्रहरी अधिकृतहरुको सुनुवाई शुरु भएको छ । उच्च अदालत बिराटनगरले सुन तस्करी तथा सनम शाक्यको हत्याको सम्बन्धमा मुलुकी ऐन अ.बं.१७ नम्बर प्रयोग गर्दै निबेदन निएका प्रहरी अधिकृतहरुको सुनुवाई शुरु गरेको हो । यस अघि जिल्ला अदालत मोरङबाट सफाई पाएका एकजना प्रहरी हवल्दार र धरौटीमा छुटेका निलम्बित एसएसपी श्याम खत्रीका चालकलाई पुर्पक्षको लागि जेल हाल्ने निर्णय बाहेकका सबै निवेदन उपर सुनुवाई हुँदैगर्दा जिल्ला अदालतको आदेश सदर भएको छन् ।
आज देखि सुनुवाई शुरु भएको प्रहरी अधिकृतको पहिलो आदेशमा निलम्बित डिएसपी सञ्जय बहादुर राउत परेका छन् । उनलाई पनि जिल्ला अदालतले गरेको निर्णय सदर गर्दै थुनामा राखेर अनुसन्धान गर्न भनिएको छ । उच्च अदालतका न्यायाधिश थिर बहादुर कार्की र हरिप्रसाद भण्डारीको संयुक्त ईजलाशले सो आदेश गरेको हो । आदेशमा भनिएको छ, मोहन काफ्लेको घरबाट बरामद भएको रजिष्टरमा उल्लेखित संजय मामा भन्ने ब्यक्ति यिनै संजय राउन हुन भनी सहप्रतिवादी बिष्णुबहादुर खड्काले लेखिदिएको, उक्त रजिष्टरबाट १२ लाख संजयबहादुर राउतले लिएको भन्ने उल्लेख भएको समेतका तत्काल प्राप्त प्रमाणका आधारपछि बुझ्दै जाँदा ठहरे बमोजिम हुनेगरी यी निवेदकलाई मुद्दा पुर्पक्षका लागि थुनामा राख्नु पर्ने अबस्था देखिन आयो। अत ः यी निवेदकलाई मुद्दा पुर्पक्षको लागि थुनामा राख्ने भनी जिल्ला अदालत मोरङबाट मिति २०७५÷२÷८ मा भएको आदेशलाई बेरितको नदेखिँदा केही परिवर्तन गरिरहन नपरेको आदेशमा भनिएको उच्च अदालतका शाखा अधिकृत राजु प्रसाद दाहालले जानकारी दिए । आदेश पछि संजय राउतसँगै अब अन्य अधिकारीहरुको सुनुवाई के हुने हो भन्ने चासोको बिषय बनेको छ । सुनकाण्ड सम्बन्धि मुद्दाहरु मध्य निबेदकको तर्फबाट दिईएको निबेदन मध्य २५ जनाको आज सुनुवाईको लागि उच्च अदालतका बिभिन्न ईजलाशमा पेशी चढेको थियो । पेशी चढेका मध्य ४ जनाको पेशी स्थगित भएको थियो भने २० वटा मुद्दा हेर्न नभ्याएको दाहालले बताए । उनीहरुको हेर्न नभ्याएकाहरुको पेशी भोलीको ईजलाशमा समेत हेरिने भएको छ । भोलीदेखि थप निलम्बित प्रहरी अधिकृतहरुको हकमा सुनुवाई हुनसक्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्