अलैँची भट्टीमा आगलागी ७ लाखको क्षती

अलैँची भट्टीमा आगलागी ७ लाखको क्षती

ताप्लेजुङ, २८ भदाै । ताप्लेजुङको मौवाखोला गाउँपालिका-२ काे  डाँडागाउँमा  अलैँची भट्टीमा आगलागी हुँदा किरब  ७ लाख मूल्य बराबरको क्षति भएको छ । स्थानीय लक्ष्मण वनेम लिम्बुको भट्टी माथि सुकाएको दाउरामा अचानक आगलागी भएको थियो । आगलागीबाट लिम्बुको ढुंगा माटोले बनेको फुसको छानो भएको २ तले घर, काठपात र ४० किलो अलैँची जलेर नष्ट भएकाे प्रहरीले जनाएकाे छ। आगलागी प्रहरी र स्थानीय मानिसहरुको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्