झापामा नालीमा डुबेर पुजारीको मृत्यु

झापामा नालीमा डुबेर पुजारीको मृत्यु

झापा, २८ भदाै । झापाको गौरीगन्ज गाउँपालिका-२ स्थित बाधगाउँमा एक  पुजारीको नालीमा डुवेर मृत्यु भएको छ । झापा शिवसताक्षी नगरपालिका-४ घर भई गौरीगंज गाउँपालिका-२  बगाह चौधरीमा रहेको महाराजथान मन्दिरको कुटीमा बस्दै आईरहेका ६० बर्षीय देवीप्रसाद ताजपुरीयाको मृत्यु भएकाे हो । ताजपुरीया बिहान पुजापाठ गरेर कुटीबाट कोरोबारी तर्फ जाने क्रममा सडकको नालीमा जमेको पानीमा डुबेको अवस्थामा स्थानीयले देखेर प्रहरीमा खबर गरेका थिए । पुजारीकाे शव पोष्टमार्टमको लागि दमक स्थित आम्दा अस्पताल पठाएको  ईलाका प्रहरी कार्यालय गौरीगन्जले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्