आम्राङ भिरबाट लडेर प्रेमकाे मृत्यु

आम्राङ भिरबाट लडेर  प्रेमकाे मृत्यु

संखुवासभा, २८ भदाै । संखुवासभआको मकालु गाउँपालिका- ५ स्थित आम्राङ भिरबाट लडेर बिहीबार बिहान १ जनाको मृत्यु भएको छ । भिरबाट खसेर मृत्यु हुनेमा उदयपुर त्रियुगा नगरपालिका-११ बस्ने बर्ष २६ को प्रेम बहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । ईखुवा ड्यामसाईड सडक खण्डमा सडक विस्तार गर्ने क्रममा माथीबाट भिर खस्दा भाग्ने क्रममा सोही सडकमा मजदुरी गर्दै आईरहेका  मगरको  भिरबाट २ सय ५० मिटर तल खसेर घटनास्थलमा नै मृत्यु भएको   हो । शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल खाँदबारी पठाएको  जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्