भालुको आक्रमणबाट २ महिला घाईते

भालुको आक्रमणबाट २ महिला घाईते

सोलुखुम्बु, २८ भदाै । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका-३ स्थित थुम्लिङ जंगलमा आज बिहान भालुको आक्रमणमा परी २ महिला घाईते भएका छन् । भालुको आक्रमणबाट ४० बर्षिय सानुमाया रानामगर र बर्ष ५१ की मनकुमारी राना मगर घाईते भएका हुन् । उनीहरुलाई जंगलमा घाँस काट्न गएको बेला बिहान साढे ११ बजे अचानक भालुले आक्रमण गरेको थियो । आक्रमणमा परि गम्भीर घाईते दुबै जनालाई प्रहरी चौकी खानीबाट खटिएको टोलीले उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल सोलुखुम्बु ल्याईएकाे जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्