बलात्कार गर्न खोज्नेमाथि किशोरीको प्रतिकार, रडले हानेर ‘बलात्कारी’को हत्या !

बलात्कार गर्न खोज्नेमाथि किशोरीको प्रतिकार, रडले हानेर ‘बलात्कारी’को हत्या !

रामेछाप, २८ भदाै ।  तेह्र वर्षीया किशोरीलाई जबर्जस्ती गर्न खोज्दा उनले हानेको रडबाट एक वृद्धको ज्यान गएको छ । आफूलाई जबर्जस्ती गर्न खोजेपछि नाताले नातिनी पर्ने १३ वर्षीया किशोरीले हानेको रडले लागेर रामेछाप नगरपालिका–७, मुढाजोर रजगाउँका ६५ वर्षीय पूर्णबहादुर श्रेष्ठको ज्यान गएको हो ।

बिहीबार बिहान करीब ८ बजेको समयमा ती किशोरी घरबाट केही टाढा रहेको बारीमा घाँस काट्न हिँडेकी थिईन् । सो क्रममा श्रेष्ठले जबर्जस्ती गर्न खोजेको र आफू फुत्किएर घर पुगी फलामको रड लिएर श्रेष्ठको घरमै गई प्रहार गरेको किशोरीले प्रहरीसमक्ष बताएकी छिन् । घटनामा प्रयोग भएको रडसहित किशोरीले करीब १० बजे प्रहरी चौकी रामेछापमा हत्याको बारेमा जानकारी गराई आत्मसमर्पणसमेत गरेको पनि प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्