एक नम्बर प्रदेशका ६ जिल्लामा सडक सुशासन नमुना कार्यक्रम सुरु

एक नम्बर प्रदेशका ६ जिल्लामा सडक सुशासन नमुना कार्यक्रम सुरु

विराटनगर, २९ भदौ ।
एक नम्बर प्रदेश सरकारले सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले प्रदेशमा सडक सुशासन नमुना कार्यक्रम सुरु गरेको छ । विराटनगरमा सडक सुशासन तथा सुरक्षा बिषयक प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमको आयोजना गरी प्रदेश सरकारले स्थानीय तहसंगको सहकार्यमा यो कार्यक्रम सुचारु गरेको जनाएको हो ।
प्रदेश सरकारले पहिलो चरणमा प्रदेशका ६ वटा जिल्लामा सुशासन अभियान सुरु गरेको छ । पहिलो चरणमा प्रदेशका मोरङ, सुनसरी, झापा, इलाम, धनकुटा र उदयपुरमा १० किलोमिटिर क्षेत्रको राजमार्गलाई विकास गरी नमूनाको रुपमा सडक सुशासन अभियान लागू गरिएको हो । साथै ६ वटा शहरलाई समेत नमूना शहर बनाइने छ ।
मुख्यमन्त्री शेरधन राईको परिकल्पना अनुसार मोरङको विराटनगरस्थित मेनरोड र सुन्दरहरैचा, गछिया राजमार्ग, सुनसरीको इटहरी बुढीखोलादेखि रामधुनी झुम्का बजार, झापा बिर्तामोडको मुक्तिचोकदेखि सुरुङ्गाको माइखोला पुललाई नमूना सडक निर्माण गरिने छ । यस्तै, इलामको किटेनी जोरकलमदेखि हर्कटे, धनकुटाको पात्लेखोलादेखि कागते चोक र उदयपुरको गाईगाट बजारदेखि जलजले ढाटसम्मको १० किलोमिटर राजमार्ग क्षेत्रलाई नमूना सडक निर्माण गरी प्रदेश सरकारले सडक सुशासन अभियान संचालनको तयारी गरेको हो ।
यी राजमार्ग क्षेत्रभित्र समेटिने मोरङको विराटनगर, विराटचोक, सुनसरीको इटहरी बजार, झापाको लक्ष्मीपुर, विर्तामोड बजार, इलामको इलाम बजार, धनकुटाको भेडेटार बजार र उदयपुरको गाइघाट बजारलाई नमूना शहरको रुपमा विकास गरिने छ ।
मुख्यमन्त्री शेरधन राईले सडक सुशासन अभियानले सबै प्रकारको सडक दुर्घटना, यात्रुले पाउने सास्ती लगाययतका समस्या समाधान हुदै जाने बताए । अभियानले वर्षेनी सयौंको सख्यामा सडक दुर्घटनामा परी ज्यान गुमाउनुपर्ने र सडकमा हुने विभिन्न खाले हिंसा र दुव्र्यवहारको पनि अन्त्य हुने उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्