माथिल्लो खोरुंगा खोला साना जलबिद्युत आयोजनाको काम ५० प्रतिशत सकियो

माथिल्लो खोरुंगा खोला साना जलबिद्युत आयोजनाको काम ५० प्रतिशत सकियो

तेह्रथुम, २९ भदौ ।
साढे सात मेगावाट क्षमताको बिद्युत उत्पादन गर्ने लक्ष्यका साथ सुरु भएको माथिल्लो खोरुंगा खोला साना जलबिद्युत आयोजनाको काम ५० प्रतिशत सकिएको छ ।
तेह्रथुम पावर कम्पनीले निर्माण गरेको आयोजनाको काममा हालसम्म ईन्टेक, पाईपलाईन एक्जाबेसन, पानी ट्यांकी सोलिङ, कनेक्टिीङ प्यानल र पावर हाउसका लागि भवन निर्माण भईसकेको छ । एक अर्ब ३७ करोडको लगानीमा निर्माण सुरु भएको जलबिद्युत आयोजनामा माछापुच्छे, एनबी र जनता बैकले १ अर्ब लगानी गरेका छन् । बाँकी ३७ करोडमा स्थानीयले १०, सर्बसाधारणले २० र प्रमोटरले ७० प्रतिशत लगानी गरेका छन् । कामको जिम्मा लिएका धौलागिरी र खड्का कृष्ण जेबी कन्ट्रक्सनले आयोजना निर्माणको काम गरिरहेका छन् । आयोजनाको प्रवद्र्धक र नेपाल विद्युत् प्राधिकरण बीच हिउँदमा प्रतियुनिट ८ रुपैया४० पैसा र बर्खामा ४ रुपैया ८० पैसामा विद्युत खरिद सम्झौता (पिपिए) भएको छ । २०७६ पुष १ गते सम्ममा निर्माण कार्य सक्ने सम्झौता भएपनि ६ महिना अगाडी नै आयोजनाको काम सक्ने तयारी रहेको कम्पनीका प्रबन्ध निर्देशक मोहन डाँगीले बताए ।
जिल्लाबासीको लगानीमा बन्ने उक्त आयोजनाको काम सुरु भए सगै स्थानीयले समेत रोजगारी पाएका छन् । अहिले यस आयोजनामा ३ सय बढी मजदुरहरुले काम गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्