तेह्रथुमको म्याङलुङ नगरपालिकाले प्रसूति हुन आउनेलाई एम्बुलेन्स खर्च उपलब्ध गराउने

तेह्रथुमको म्याङलुङ नगरपालिकाले प्रसूति हुन आउनेलाई  एम्बुलेन्स खर्च उपलब्ध गराउने

तेह्रथुम भदौ २९   । तेह्रथुमको म्याङलुङ नगरपालिकाले जिल्ला अस्पतालमा प्रसूति हुन आउने नगर क्षेत्रका महिलालाई एम्बुलेन्स खर्च उपलब्ध गराउने भएको छ । अस्पतालमा प्रसूति हुन जाँदा आउँदा एम्बुलेन्सका लागि लाग्ने खर्च नगरपालिकाले बिलअनुसार भुक्तानी दिने निर्णय गरेको उपप्रमुख पार्वतीसानु डाँगीले बताउनुभयो ।

सरकारले स्वास्थ्य संस्थामा गएर सुरक्षित प्रसूति सेवा लिने महिलालाई यातायात खर्चबापत रु दुई हजार उपलब्ध गराउँदै आएको छ । नगर क्षेत्रका महिलाको समस्यालाई मध्यनजर गर्दै सुरक्षित प्रसूति सेवालाई थप प्रभावकारी बनाउन यो कार्यक्रमले सहयोग पु¥याउने उपप्रमुख डाँगीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्