निजी विद्यालयहरुले विद्यार्थी अनुपातका आधारमा १५ प्रतिशत विध्यार्थी सित्तैमा पढाउनुपर्ने

निजी विद्यालयहरुले विद्यार्थी अनुपातका आधारमा १५ प्रतिशत विध्यार्थी सित्तैमा पढाउनुपर्ने

काठमाडौं भदौ २९ । निजी विद्यालयहरुले विद्यार्थी अनुपातका आधारमा १०, १२ र १५ प्रतिशतसम्म निःशुल्क बढाउनु पर्ने भएको छ ।५०० सम्म विद्यार्थी भएका स्कुलले १०, ८०० सम्म विद्यार्थी भएकाले १२ र त्यसभन्दा धेरै विद्यार्थी भएका स्कुलले कुल विद्यार्थीको १५ प्रतिशतलाई निःशुल्क शिक्षा दिनुपर्नेछ ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिमा अनिवार्य तथा निःशुल्क शिक्षा प्राप्त गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म पढाउने विध्यालयका लागि यस्तो प्रावधान राख्ने सहमती जुटेको हो ।निःशुल्कको परिभाषामा कुनै पनि शुल्क लिन नपाइने उल्लेख छ । यसअघि निःशुल्क भनिएपछि विभिन्न नाममा शुल्क लिइन्थ्यो ।

अब त्यसमा रोक लागेको छ ।सरकारी विद्यालयमा भने १२ कक्षासम्मै निःशुल्क हुनेछ । कक्षा ८ सम्म स्कुल पढाउनै पर्ने र नभए सरकारले दण्डित गर्नेछ भने १२ सम्म निःशुल्क मात्र भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्