छोरी बलात्कार गर्ने एक युवकलाई २२ वर्ष जेल सजाय

छोरी बलात्कार गर्ने एक युवकलाई २२ वर्ष जेल सजाय

महेन्द्रनगर भदौ २९  : जिल्ला अदालत कञ्चनपुरले छोरी बलात्कार गर्ने एक युवकलाई २२ वर्ष जेल सजाय सुनाएको छ । अदालतले क्षतिपूर्ति पनि भराउने फैसला गरेको छ । असार १३ गते राति घरमा खाना आएर सुत्ने क्रममा रहेकी १२ वर्षीया छोरीलाई जबर्जस्ती करणी गर्ने ती युवकलाई अदालतले १२ वर्ष जबर्जस्ती करणी र हाडनातामा १० वर्ष गरी २२ वर्ष सजाय तोकेको जिल्ला न्यायाधिवक्ता खेमराज भट्टले जानकारी दिए ।

जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले ती युवकलाई २२ वर्ष जेल सजाय सुनाएको हो । यसअघि ती युवक पूर्पक्षका लागि थुनामै थिए । ‘असार १३ गते घरमै जबर्जस्ती करणी गरेको रहेछ’, न्यायाधिवक्ता भट्टले भने, ‘३० गते मात्रै पीडितले जाहेरी दिएपछि तत्कालै प्रहरीले पक्राउ गरेको थियो ।’ बालिकाको समेत पहिचान हुने भएकाले बलात्कारी बाबुको नाम खुलाइएको छैन ।

ती युवकले यसअघि २ पटक भारतमा समेत आफ्नै छोरीको जबर्जस्ती करणी गरेको खुल्न आएको छ । घरमा आएर पनि जबर्जस्ती करणी गरेपछि ती बालिकाले परिवारका अन्य सदस्यलाई भनेपछि घटना बाहिर आएको हो ।

असार ३० गते पक्राउ परेका ती युवकलाई मुद्दा चलाएर साउन १५ गते सरकारी वकिल कार्यालयले साउन १५ गते अदालतमा अभियोग पत्र दायर गरेको थियो ।

जिल्ला न्यायाधीशको आदेशले साउन १६ गते नै पूर्पक्षका लागि कारागार चलान गरिएको थियो । भदौ १७ गते कसुर ठहर भएपछि जिल्ला न्यायाधीशको फैसलाले मंगलबार २२ वर्ष जेल सजायको फैसला गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्