झापाका बजार अब सातै बार खुला हुने

<span class='c1'>झापाका बजार अब सातै</span> <span class='c2'>बार खुला हुने</span>

भद्रपुर, रासस । नजिकँदै गरेका चाडपर्वलाई मध्यनजर गर्दै झापाका बजार अब सातै बार खुला हुने भएका छन् ।

विजयदशमी, दिपावली तथा छठपर्वका अवसरमा आम उपभोक्ताको सुविधाका लागि सबै व्यवसायीले साप्ताहिक रुपमा एक दिन बन्द गर्दै आएका पसल÷व्यापारिक प्रतिष्ठान खुला गर्ने भएका हुन् । झापाको मेचीनगर बुधबार, विर्तामोड सोमबार, चन्द्रगढी शनिबार, भद्रपुर बिहीबार र दमक नगरपालिकामा शुक्रबार बजार बन्द हुँदै आएका थिए ।
नगरका उद्योग वाणिज्य सङ्घले सूचना जारी गरेर छठ पर्व पछि अर्थात कात्तिक २८ गतेसम्मको अवधिसम्म बजार सातै बार खुला गर्न अनुरोध गरेपछि बजार खुला हुने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्