सनम शाक्य हत्या तथा सुनकाण्ड ः उच्च अदालतद्धारा एसएसपी लोहनी सादा तारेखमा रिहा

सनम शाक्य हत्या तथा सुनकाण्ड ः उच्च अदालतद्धारा एसएसपी लोहनी सादा  तारेखमा रिहा

विराटनगर, २९ भदौ ।
विराटनगर, २९ भदौ ।
सुन तस्करी तथा सनम शाक्य हत्या काण्डका आरोपमा जिल्ला अदालत मोरङबाट पुर्पक्षको लागि जेल चलान भएका एसएसपी दिवेश लोहनीलाई उच्च अदालत मोरङले सादा तारेखमा छाडेको छ । सन तस्करीमा संलग्न दिबेश लोहनीले सनम शाक्य हत्यासँग सम्बन्धित बिषयमा तथा सुनको चोरी पैठारी तथा निकासीमा संलग्नता रहेको भन्दै जिल्ला अदालतले पुर्पक्षको लागि कारागार झुम्का पाठाएकोमा उच्च अदालत मोरङले उनलाई सादा तारेखमा छाड्ने आदेश दिएको हो । उनको सुनुवाईसँगै अब उच्च अदालतबाट प्रहरी अधिकारीको पक्षमा निर्णय आउन थालेको बताउन थालिएको छ ।
उच्च अदालतका शाखा अधिकृत राजप्रसाद दाहालले लोहनीलाई सादा तारेखमा छाड्ने आदेश भएको जानकारी दिँदै उनी आजैदेखि रिहाई हुने बताए । २०७५ साल जेठ ८ गते जिल्ला अदालतको आदेशलाई पुनराबलोकन गर्न माग गर्दै लोहनी मुलुकी ऐनको अदालती बन्दोबस्ती महलको १७ नम्बर अनुसार उच्च अदालतमा आफु निर्दोष रहेको दाबी गर्दै निवेदन दिएका थिए । उच्च अदालतका न्यायाधीश नागेन्द्रलाभ कर्ण र शरद सुबेदीको संयुक्त ईजलाशबाट लोहनीलाई सादा तारेखमा राख्न आदेश दिएको दाहालले बताए ।
लोहनीले जिल्ला अदालत मोरङले बेरितको आदेश गरेकाले बदर गरी पाउँ भन्ने निवेदनमा उच्च अदालतको यस्तो आदेश आएको हो । आदेशमा प्रतिवादी लोहनीको हकमा आरोप, कसुर र सजाय एवं तत्काल संलग्न मिसिल र प्रमाणको रोहमा मिलेको नदेखिँदा निजको हकमा अदालती बन्दोबस्तको ४७ नम्बर बमोजिम तारेखमा राखी मुद्दा किनारा गर्न जिल्ला अदालत मोरङलाई आदेश गरेको छ ।
साँढे तेत्तिस किलो सुन काण्ड र सनम हत्याकाण्डका २४ अभियुक्तको आज पेसी तोकिएको थियो । जसमध्ये एक जनाका कानून व्यवसायीले स्थगित गर्न माग गरे बमोजिम स्थगित भएको थियो भने २२ वटा हेर्न नभ्याउनेमा परेका थिए । जिल्ला अदालत मोरङले गरेको बेरितको आदेश बदर गरीपाउँ भन्ने निवेदनमा यस अघिनै उच्च अदालतले १० वटाको आदेश गरिसकेको छ । जसमध्ये आठ वटाको हकमा जिल्ला अदालतको आदेशलाई सदर गरेको थियो । वरिष्ठ प्रहरी उपरिक्षक श्याम खत्रीका सवारी चालक विष्णुबहादुर खड्कालाई १५ हजार रूपैयाँ धरौटीमा छाड्ने र अंगरक्षक अम्बरबहादुर थापा मगरलाई साधारण तारेखमा छाड्ने जिल्ला अदालत मोरङको आदेश भने उच्च अदालतले बदर गरेर उनीहरूलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्