विराटनगरका मेयरसँग बालबालिकाको प्रश्न : छात्रबृती देखि नगरका समस्या मुख्य जिज्ञासा

विराटनगरका मेयरसँग बालबालिकाको प्रश्न : छात्रबृती देखि नगरका समस्या मुख्य जिज्ञासा

विराटनगर, २९ भदौ । राष्ट्रिय बाल दिवसका अवसरमा विराटनगर महानगरले बालबालिका संग मेयर कार्यक्रम आयोजना गरेको छ । शुक्रबार महानगरमा सम्पन्न कार्यक्रममा नगरका विभिन्न विद्यालय तथा नगर बाल क्लब सन्जालका बालबालिकाहरुको सहभागिता रहेको थियो । उनिहरुले आ–आफ्ना प्रतिभाहरु समेत प्रस्तुत गरेका थिए । यस्तै बालबालिकाहरुले नगरभित्र भएका समस्या, विद्यालय व्यवस्थापन, अपाङता भएका बालबालिकाको समस्या र छात्रवृर्तिका सवालमा मेयरसंग प्रश्न राखेका थिए ।कार्यक्रममा मेयर भीम पराजुलीले बालमैत्री नगरलाई अझ पूर्णता दिन आफु लागिपरेको बताएका छन् । नगरभित्र रहेका विविध समस्या समाधान विस्तारै हलहुदै जाने र बालबालिकाको समस्या समेत धेरै हल हुने उनले बताए । मेयर पराजुलीले नगरभित्र बालश्रमिक, बालबालिका माथिहुने भेदभाव र बालबालिकाले पाउनुपर्ने अधिकारका विषयमा महानगर सचेत रहेको बताए ।
सरकारले प्रत्येक वर्ष भदौ २९ लाई बालदिवसको रुपमा मनाउँदै आएको छ । उक्त कार्यक्रममा नगर शिक्षा अधिकारी रुद्र दुलाल , महिला बालबालिका शाखा अधिकृत डिल्ली धिमाल, नगर बालक्लव सन्जालका अध्यक्ष श्याम प्रसाद गुप्ता तथा नगरका विभिन्न वार्डका वडाध्यक्ष लगायतले बालबालिकाको पक्षमा धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्