विराटनगरका उद्योगीको टोली बिजनेश कन्फ्रेन्समा सहभागी हुन आज चीन जाँदै

विराटनगरका उद्योगीको टोली बिजनेश कन्फ्रेन्समा सहभागी हुन आज चीन जाँदै

विराटनगर, ३० भदौ ।
उद्योग संगठन मोरंग एक प्रतिनिधी मण्डल भाद्र ३० गते चीनको छेन्दुमा हुने सिचुवान साउथ एशिया बिजनेश राउण्ड टेबल कन्सफ्रेन्समा सहभागिता जनाउन टोली जाने प्रस्थान गर्ने भएको छ । संगठनमा निवर्तमान अध्यक्ष मुकेश उपाध्यायको नेतृत्वमा संगठनका उपाध्यक्ष प्रदीप मुरारका, राजकुमार गोल्छा, कार्यकारिणी समिती सदस्य सुबोध कोइराला, भोलेश्वर दुलाल, बिनोद पौडेल र इन्द्र खत्री सम्मिलित प्रतिनिधी मण्डल छेन्दु जाने तय भएको छ ।
सार्क राष्ट्रका उद्योगी÷व्यवसायी वीच भेटघाट तथा छलफल हुने उक्त कार्यक्रममा सहभागी राष्ट्रका उद्योगी÷व्यवसायीले एकअर्का मुलुक बीच व्यवसाय विकास तथा विस्तार, ई कमर्श प्रविधि तथा पूर्वाधार विकास सन्दर्भमा छलफल गर्ने जनाईएको छ। त्यसैगरी छलफलको क्रममा सार्क राष्ट्रका प्रतिनिधी बीच नेपालमा लगानीको वातावरण र लगानीका क्षेत्रका सम्बन्धमा छलफल गरी वैदेशिक लगानीकर्तालाई नेपालमा लगानीका लागि आव्हान गर्ने तय भएको छ ।
कार्यक्रममा संगठनका तर्फबाट प्रदेश नंं. १ लगानीका क्षेत्र, अवसर र चुनौतीका सम्बन्धमा तयार पारिएको कार्यपत्र वैदेशिक लगानीकर्ता समक्ष प्रस्तुत गरिने छ भने चीनका व्यवसायीहरु समक्ष नेपालमा लगानीको वातावरण र नीजि क्षेत्रको भुमिका बारेमा अनुभव आदान प्रदान गरिने कार्यक्रम तय भएको उद्योग संगठन मोरङले जनाएको छ । भ्रमणको क्रममा छेन्दु्रका विभिन्न उद्योग प्रतिष्ठान र वेस्टर्न चीन अन्तराष्ट्रिय महोत्सव अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्