विराटनगरका उद्योगीको उत्पादन गुडलाइफ बिस्कुटमा गुणस्तरहीन कच्चा पदार्थ

<span class='c1'>विराटनगरका उद्योगीको उत्पादन  गुडलाइफ</span> <span class='c2'>बिस्कुटमा गुणस्तरहीन कच्चा पदार्थ</span>

विराटनगर, ३० भदाै ।  विराटनगरका ख्यातीप्राप्त उद्योगी महेश जाजु र पवन सारडाको संयुक्त लगानीमा उत्पादित बिस्कुट ‘गुडलाइफ’ मा गुणस्तरहीन कच्चा पदार्थ प्रयोग हुने गरेको खुलासा भएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, वाणिज्य कार्यालय विराटनगर, गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय विराटनगर, क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको संयुक्त अनुगमन टोलीले यस्तो फेला पारेको हो।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका शाखा अधिकृत जगदिश दाहालले शुक्रबार साँझ जारी गरेको विज्ञप्तिमा उक्त उद्योग अनुगमनका क्रममा पाइएको गुणस्तरहीन कच्चा पदार्थ २३ बोरा नष्ट गरिएको उल्लेख छ। ‘एसियन बिस्कुट्स एण्ड कन्फेक्सनरी प्रालि उद्योगको स्टोरमा रहेको कच्चा पदार्थमध्ये गुणस्तरयुक्त नदेखिएको २३ बोरा (५० किलो तौलका) चिनी नष्टसमेत गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ। टोलीले पशुपति बिस्कुट इण्डष्ट्रिज प्रालि, क्वालिटी डाइट एण्ड फुड प्रोडक्टस् प्रालि र एसियन बिस्कुट्स एण्ड कन्फेक्सनरी प्रालिमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा देखिएका सरसफाई र स्वास्थ्य तथा अन्य विषयमा निर्देशन दिई उक्त उद्योगहरुमा उत्पादनका लागि प्रयोग हुने गरी भण्डारणमा रहेका कच्चा पदार्थ र उत्पादनको परीक्षणका लागि नमूनासमेत लिइएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्