निर्मला पन्तको न्यायलागि विराटनगरमा नागरिक यसरी देखिए सडकमा

<span class='c1'>निर्मला पन्तको न्यायलागि विराटनगरमा</span> <span class='c2'>नागरिक यसरी देखिए सडकमा</span>

विराटनगर, ३० भदौ । १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कार पछि हत्याको बिरोधमा उनको परिवारको न्यायको लागि मुलुकभर यतिबेला आवाज उठिरहेको छ । 
देशका हरेक शहरमा यतिबेला बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका लागि शनिबार प्रदर्शन भएका छन् । विराटनगरमा पनि ‘निर्मला पन्तको समर्थनमा याय माग्दै नागरिकले प्रर्दशन गरेका छन् । विराटनगरका ट्राफिक चोकमा शनिवार प्रदर्शन भएको हो ।
शनिबार दिउँसो १ बजे ट्राफिक चोकमा निर्मला पन्तलाई न्याय दिन माग गर्दै दोषीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन भनिएको छ । उनीहरुले घटना भएको लामो समय भईसक्दा पनि बलात्कार र हत्यामा संलग्न ब्यक्ति पत्ता लगाउन नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।
नागरिकले न्यायको माग गर्दै ‘सरकारले देखायो लाचारी त्यसैले हाम्रो खबरदारी’, ‘बलात्कारीलाई जोगाउन पाइँदैन’, ‘पानीजहाज कहिले आउने, निर्मलाले न्याय कहिले पाउने ? कि दुवै उस्तै हुन् ? ’ ‘सरकारले कहिले देखाउने इच्छा ? खै त महिलाको सुरक्षा ’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर ट्राफिक चोकमा नागरिक अगुवाहरु निस्किएका थिए । प्रर्दशनीमा ठुलो संख्यामा नागरिको सहभागिता रहेको थियो । कुनै संघ संस्था या दलको भन्दा पनि निर्मला पन्तको न्यायका लागि भन्दै स्वतस्फुर्त नागरिक सडकमा उत्रिएका थिए ।
प्रहरीले मानसिक सन्तुलन गुमाएको निर्दोष ब्यक्तिलाई पक्राउ गरी लज्जास्पद काम गरेको प्रदर्शनमा सहभागी विराटनगरकी अन्जु दाहालले बताईन् । निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न ब्यक्तिलाई तत्काल पक्रउ गरी कार्वाहीको दायरामा ल्याउन माग गरिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्