विद्यालयलाई डस्टविन बाँड्दैमा विराटनगर सफा होला त ?

<span class='c1'>विद्यालयलाई डस्टविन बाँड्दैमा विराटनगर</span> <span class='c2'>सफा होला त ?</span>

विराटनगर ३० भदौ ।
विराटनगर महानगर भित्रका ७५ वटा सामुदायिक विद्यालयहरुलाई फोहर संकलनका लागि डस्टविन प्रदान गरिएको छ । नेपाल स्वच्छ वातावरण महाअभियान तथा विश्व सरसफाई दिवसको सप्ताहव्यापी समापन कार्यक्रमका अवसरमा डस्टविन वितरण गरिएको हो ।
विराटनगरका संस्कृत पाठशाला, मदर्सा तथा सामुदायिक विद्यालयलाई विराटनगर महानगरका मेयर भीम पराजुलीले प्रति विद्यालय २ थान डस्टविन प्रदान गरेर गरेका हुन् । उद्योग पर्यटन बन तथा बातावरण मन्त्रालय र विराटनगर महानगरको संयुक्त आयोजनामा भएको कार्यक्रममा मेयर पराजुलीले सफा र सुन्दर विराटनगरको परिकल्पना आफ्नै कार्यकालमा पुरा गर्ने बताए ।
उनले महानगरको सरसफाई अभियानमा सवैले सचेत बन्नु पर्ने बताए ।। कार्यक्रममा प्रदेश नं १ उद्योग पर्यटन बन तथा बातावरण मन्त्रालयका सचिव बद्रीराज ढुङ्गाना, नगर शिक्षा अधिकारी रुद्र दुलाल, संयुक्त टोल नगर समन्वय समितिका संयोजक राजेश मास्के, महानगर बातावरण शाखा प्रमुख अनिता कोइराला लगायतले महानगर सरसफाई अभियान र आगामी दिनमा गर्ने योजनाको बारेमा जानकारी गराएका थिए । नागरिकमा सामान्य सरसफाईको बारेमा चासो नदिनु र बिराटनगर महानगरपालिकाले गर्ने सरसफाईको बारेमा पनि केही कम गर्न नसक्नुले बिराटनगर ,पछिल्लो दिनमा प्रदुषित हुँदै गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्