झापा, ३० भदाै । झापाकाे दमक नगरपालिका- ३ काे बिहानी टोलमा पैनीमा डुबेर ३० महिने बालकको मृत्यु भएको छ। उमाकान्त घिमिरेको छोरा करण घिमिरे खेल्ने क्रममा घर नजिकैको पैनीमा डुबेका हुन् । उनलाई उपचारको लागि आम्दा अस्पताल दमक लैजाने क्रममा बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ।