चाउचाउको विषयलाई लिएर बालकको हत्या भएको खुलासा

<span class='c1'>चाउचाउको विषयलाई लिएर बालकको</span> <span class='c2'>हत्या भएको खुलासा</span>

बझाङ, ३० भदाै ।  छबिस पाथीभेरा गाउँपालिका वडा नं. ७ मजखोरीका महेश बोहराका ८ वर्षका छोरा कुशल बोहराको  हत्या उनकै छिमेकीबाट भएको खुलेको छ । चाउचाउ र मोबाइलको विषयमा बिबाद हुँदा गाउँकै झण्डै १४ वर्षका बालकले नै ८ वर्षका बालकको हत्या गरेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक प्रविण धितालले बताए । हरितालीका तिजको दिन ८ वर्षका बालकले आफ्ना अभिभावकको मोबाइल समातेको र गाँउकै १४ वर्षका बालकले नजिकैको पसलबाट चाउचाउ किन्न पठाएको बुझिन आएको प्रहरीको भनाई छ ।

चाउचाउ किनेर गएका बालकलाई १४ वर्षका बालकले मोबाइल माग्न खोजेको र सानो कुरामा ८ वर्षका बालकले गाली गालौज गरेपछि १४ वर्षका बालकले कुसलको हत्या गरेको स्वीकार गरेको प्रहरी प्रमुखको भनाई छ । यस विषयमा थप अनुसन्धान भै रहेको डीएसपी प्रविण धितालले बताए । चाउचाउ किन्न पठाएको र समयमै नफर्केपछि किन ढिला गरेको भनेर एक थप्पड लगाउँदा कुशलले गाली गरेपछि ढुङ्गाले हानेर कुशलको हत्या गरेको अर्का बालकले स्वीकार गरेका छन्  ।

स्कुलबाट फर्केपछि बुवाको मोबाइल लगेर कुशल मोबाइल खेल्दै तिजको कार्यक्रममा गएका थिए । बुधबार स्थानीय मजखोरी माध्यमिक विद्यालयमा भएको तिजको कार्यक्रम हेर्न गएका उनको बिहीबार सा“झ सोही विद्यालय नजिकै मकै बारीमा शव फेला परेको थियो । साँझसम्म छोरा घर नफर्केपछि स्थानीयहरुले राति अबेरसम्म कुशलको खोजी गरेका थिए । भोलिपल्ट ठूलाठूला ढुंगा राखेर छोपिएको र टाउको, गाला र शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा उनको शव भेटिएको थियो । कुशल स्थानीय पाथीभेरे लिटिल स्टार बोर्डिङ स्कूलमा यूकेजीमा अध्ययनरत छात्र थिए ।

१४ वर्षका बालकले ८ वर्षका बालकको हत्या गरेको कुरा स्वीकार गरिसकेको बताउँदै डीएसपी प्रविन धितालले भन्नुभयो, ‘हत्या उसैले गरेको हो भन्ने कुरा निश्चित भैसकेको छ । आइतबार अदालत पेश गर्ने छौं ।’ १४ वर्षका  बालकको उमेर परीक्षणपछि कस्तो सजाय हुने भन्ने कुरा अदालतले निक्र्यौल गर्ने धितालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्