अख्तियारद्वारा नौजना प्रहरी घुससहित पक्राउ

<span class='c1'>अख्तियारद्वारा नौजना प्रहरी</span> <span class='c2'>घुससहित पक्राउ</span>

काठमाडौं, ३० भदाै ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नौजना प्रहरीलाई घुससहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा चार सिपाही, तीन हवल्दार र दुई असई छन् । सिपाहीदेखि असईसम्म नौ जनालाई एक लाख रुपैयाँ घुससहित बानेश्वरका विभिन्न ठाउँबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

घुस लिँदै छ भन्ने गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको र अहिले अख्तियारको कार्यालय लगिएको प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । उनीहरुलाई बालुवाखानी सञ्चालकसँग धम्क्याएर एक लाख रुपैयाँ घुस लिएको उहाँले बताउनुभयो । पक्राउ परेकामध्ये असई गोपाल श्रेष्ठबाट सबैभन्दा बढी ३० हजार रुपैयाँ बरामद गरिएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्