६ लेन सडकको नाली निर्माणमा चरम लापरवाही, विराटनगरमा हिलो र बर्षाको बिचमा निर्माण

६ लेन सडकको नाली निर्माणमा चरम लापरवाही, विराटनगरमा हिलो र बर्षाको बिचमा निर्माण

विराटनगर, ३१ भदौ ।
बिराटनगरका अधिकांश ६लेनको काम झारा टार्दै गरी निर्माण भएको पाईएको छ । एकातिर झमझम झरी परिरहेको छ भने र्को तर्फ त्यही झरीका बिचमा काम हुनुले त्यसको टिकाउको बारेमा गम्भिर प्रश्न उब्जिएको छ । हरेक राती पानी पर्ने अनी दिउँसो सिमसिम पानीले पछिल्लो १५ दिन सर्बसाधारणको दैनिकी निक्कै कष्टकर थियो । तर त्यही १५ दिन बिचमा बिराटनगरको रोडशेष चोक देखि बरगाछीसम्मको सडकको छेउका नालीहरु धमाधम निर्माण भईरहेका थिए । शुक्रवार भृकुटी चोकमा पस्चिम तर्फको नाली निर्माण शुरु गर्दैगर्दा जमेको पानीमा ईटा हालेर निर्माण गरेको भेटियो । तर त्यसको केही बेरमा नाली तयार हुँदैगर्दा आकाशबाट परेको पानीले त्यसलाई बिगार्दै थियो । ठेकेदार कम्पनीको चरम लापरवाहीका कारण पछिल्लो समय बन्दै गरेको बिराटनगरको ६ लेन सडक लामो समय टिकाउन हुन नसक्ने स्थानियले अड्कल काट्न थालिसकेका छन् । तर यसरी निर्माण भएको विकासको काममा स्थानीय चुईक्कसम्म बोलेको देखिँदैन । भृकुटी चोकमा मात्र हैन त्यहाँदेखिका दक्षिण अधिकांश स्थानमा जमेको पानीका बिचमा निर्माणको काम भएको हो । ठेकेदारसम्म यस बारेमा जानकारी लिन खोज्दा कुनै प्रतिक्रिया नै दिँदैनन् ।
पानी नपर्दा रमिता हेरेर बस्ने ठेकेदार कम्पनी तथा ६ लेन निर्माण परियोजनाले मध्य बर्खामा किन यसरी निर्माणको काम गरे सबै तै चुम मै चुपको अबस्थामा छन् । विकासको काममा लापरवाही हुँदा अहिलेसम्म एकजना ठेकेदार पनि कार्वाहीमा पर्न सकेका छैनन् । पानी नपरेको समयमा काममा ध्यान नदिने ठेकेदार तथा ति कम्पनीले बर्खाको समयमा गरेको कामले कसैलाई पनि चित बुझेको छैन । पानी जमेको ठाउँमा जडान गरिएको ईँटाको जडान कतिको टिकाउ हुन्छ त्यो गम्भीर बिषय बनेको छ । अहिले पनि यी सडकहरुमा निर्माणको काम भईरहेको छ । पानी भएको ठाउँमा ईटा जडानको काम भईरहेको छ । यस बारेमा बिराटनगरका राजनीतिक दल मात्र हैन उपभोक्ता अधिकार तथा शुसाशनको नाममा कराउनेहरुलाई पनि यो निर्माणले गिज्याई रहेको छ ।  यस्ताे छ भिडियाे

https://www.youtube.com/watch?v=yC0o0M9nWp8&feature=youtu.be

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्