ढुंगा झार्दै गरेको टिपरमा करेन्ट लागेर दुईजनाको मृत्यु

<span class='c1'>ढुंगा झार्दै गरेको टिपरमा</span> <span class='c2'>करेन्ट लागेर दुईजनाको मृत्यु</span>

उदयपुर भदौ ३१ । उदयपुरको चौदण्डी नगरपालिका–५ सिवाइमा करेन्ट लागेर शनिबार ४२ वर्षीय टिपर चालक कृष्णबहादुर कार्की र सहचालक १९ वर्षीय भक्तबहादुर खड्काको मृत्यु भएको छ ।

ना अ १३२९ को टिपरले सडकमा ढुङ्गा झार्दै गर्दा गाडीले विद्युत्को प्रशारण लाइनलाई छुन पुग्दा करेन्ट लागेर दुबै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मेघराज अधिकारीले बताए ।

मृतक दुबैजना क्रमशः चौदण्डी नगरपालिका वडा नं ५ र ९ का बासिन्दा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्