सिरहाको गोलबजारमा एक युवकको खुकुरीले घाँटी रेटेर हत्या

सिरहाको गोलबजारमा एक युवकको खुकुरीले घाँटी रेटेर हत्या

सिरहा भदौ ३१ । सिरहाको गोलबजार नगरपालिका–३ पुरानो डिहमा एक युवकको खुकुरीले घाँटी रेटेर हत्या भएको छ ।

घरमै श्रीमती र ८ वर्षीय छोरासहित सुतिरहेको अवस्थामा शनिबार राति स्थानीय ३८ वर्षीय हेमबहादुर तामाङको हत्या भएको हो । चारैतिरबाट खुल्ला रहेको काठ र खरले छाएको घरमा लामा परिवार सुतिरहेका थिए ।

हत्याराले तामाङको घाँटीमा तीन पटक खुकुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय गोलबजरले जनाएको छ । खुकुरी प्रहारबाट तामाङको घटनास्थलमै मृत्यु भएको हो । हत्याराले हत्यामा प्रयोग भएको खुकुरी घरनजिकै फालेर गएको प्रहरीले जनाएको छ ।

सामान्य खेती गरेर जीवकोपार्जन गर्दै आएका तामाङलाई कसले किन हत्या गर्यो भन्ने खुल्न सकेको छैन । तामाङको १ छोरा र १ छोरी छन् । तामाङको शव पोष्टमार्टमको लागि लहानको रामकुमार शारदा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्