सुनसरी, ३१ भदाै । सुनसरीको रामधुनी नगरपालिका-६ मा पैनीमा डुबेर १ बृद्धको मृत्यु भएको छ । सोही स्थान बस्ने ६५ बर्षीय गोरीलाल चौधरीको पैनीमा डुवेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ । ससुराली जान्छु भनि घरबाट हिडेका चौधरी डुबेको अवस्थामा आईतवार दिउँसो उनको शव फेला परेको थियो । घटनाको जानकारी पाउना साथ तत्काल खटिएको प्रहरीको टोलीले कानूनी प्रकृया पुरा गरी शव पोष्टमार्टमको लागि अस्पताल पठाएको प्रहरीले जनाएको छ ।