दशैंको लागि असोज ५ गतेबाट अग्रिम टिकट बुकिङ खुल्ने

<span class='c1'>दशैंको लागि असोज ५ गतेबाट</span> <span class='c2'>अग्रिम टिकट बुकिङ खुल्ने</span>

काठमाडौं, ३१ भदाै ।  दशैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुका लागि असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला हुने भएको छ । अग्रिम टिकट बुकिङका लागि आवश्यक पूर्वाधार ४ गतेभित्र पूरा गरी ५ गतेदेखि बुकिङ खुुल्ला गर्ने निर्णय भएको यातायात व्यवस्था विभागले जनाएको छ । टिकट बुकिङका लागि काउन्टर र सहायता कक्षा कति र कुन ठाउँमा राख्ने भन्ने विषयमा भोलिदेखि परामर्श सुरु गरिने विभागका प्रवक्ता गोकर्ण उपाध्ययले जानकारी दिए ।

अघिल्लो वर्ष १२ ठाउँमा काउन्टर राखिएको थियो । यस्तै चाडपर्वको समयमा बढी भाडा लिनेलाई कारबाही गर्न भोली नै ट्राफिक प्रहरी र मातहतका निकयलाई पत्राचार गरिने प्रवक्ता उपाध्ययले बताउ ।  यात्रुको समस्यालाइ ध्यानमा राखी आफुहरु ५ गते अग्रिम टिकट बुकिङ खुल्ला गर्न सहमत भएको र यसको पूर्वाधार निर्माणको जिम्मा सरकारले लिएको राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।   यसअघि मूल्यबृद्धिसँगै भाडा समायोजन गर्नुपर्ने लगायत माग राख्दै व्यवसायीहरु बुकिङ खुल्ला गर्न आलटाल गरिरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्