काठमाडौं,१ असोज । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्यापछि देशव्यापी आन्दोलन भइरहेको बेला ५२ दिनमा २ सय २५ चेली बलात्कृत भएको आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ । जसमा राजधानीमा मात्रै ४५ दिनमा ४२ बलात्कारका घटना भएको समाचारमा उल्लेख छ । यस्तै कञ्चनपुर समेत निर्मला प्रकरणपछि ८ वटा बलात्कारका घटना भएका छन् ।