अब कसुर गर्नेबाटै पीडितलाई क्षतिपूर्ति

<span class='c1'>अब कसुर गर्नेबाटै</span> <span class='c2'>पीडितलाई क्षतिपूर्ति</span>

काठमाडौँ, १ असाेज ।अब फौजदारी कसुरका पीडितले पीडकबाटै कसुरको मात्रा अनुसारको क्षतिपूर्ति पाउने भएका छन् । अपराध पीडितको संरक्षण सम्बन्धी व्यवस्था रहेको विधेयक संघीय संसद्को दुबै सदनबाट पारित भएको छ । प्रमाणीकरणसँगै कानुन कार्यान्वयनमा आउनेछ । अहिले अपराध पीडितलाई पीडकबाट क्षतिपूर्ति भराउने कानुनी व्यवस्था थिएन ।
मौलिक हक कार्यान्वयनका लागि संघीय संसद्ले पारित गरेको विधेयक असोज ३ भित्रै प्रमाणीकरण हुनेछ । पीडितले पीडक वा कसुर स्थापित भई पीडक पहिचान हुन नसकेमा राज्यद्वारा स्थापित कोषबाट अदालतले ठहर गरे बमोजिमको क्षतिपूर्ति पाउनेछन् । क्षतिपूर्ति रकम निर्धारणको मापदण्ड पारित विधेयकले तय गरेको छ ।

पीडितको सामाजिक पुनस्र्थापना र क्षतिपूर्ति सहितको न्यायको व्यवस्थाका लागि पहिलोपटक अपराध पीडितको संरक्षण सम्बन्धी विधेयक पारित भएको हो । पारित विधेयकको दफा ३० ले क्षतिपूर्ति पाउने अधिकार सुरक्षित गरेको छ । गोरखापत्र दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्