निर्मलाका बुवाआमालाई प्रधानमन्त्री ओलीले भेट्न बोलाए

निर्मलाका बुवाआमालाई प्रधानमन्त्री ओलीले भेट्न बोलाए

काठमाडौं असोज १। प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तका बुवाआमालाई भेट गर्नका लागि बालुवाटार बोलाएका छन् ।

कञ्चनपुरमा हत्या गरिएकी छोरी निर्मलाका हत्यारालाई कारवाहीको माग गर्दै उनीहरु केहिदिनअघि काठमाडौं आएका हुन् । उनीहरुलाई अहिले ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको अधिकारकर्मी माया नेगीले जानकारी दिइन् ।

साउन १० गते साथीको घरमा पढ्न भन्दै गएकी निर्मला भोलिपल्ट बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्