एनआईसी एसिया बैंकको योजना–चाडपर्व मनाऔं,एनआईसी एशिया रेमिटसँगै

एनआईसी एसिया बैंकको योजना–चाडपर्व मनाऔं,एनआईसी एशिया रेमिटसँगै

काठमाडौं असोज १ । “चाडपर्व मनाऔं, एन आई सी एशिया रेमिट सँगै” भन्ने नारासहित एन आई सी एशिया बैंकले नेपालीहरुको दशैं तिहार, छठको शुभ उपलक्ष्यमा ग्राहकलाई आन्तरिक विप्रेषण रकम पठाउँदा हरेक चौथो कारोवार निःशुल्क पठाउने ब्यवस्था गरिएको जनाएको छ ।
रेमिट रकम ग्राहकहरुले यस बैंकका २४६ शाखा कार्यालयहरु, १४ वटा एक्सटेन्सन काउण्टर, १८ वटा शाखारहित बैंकिङ्ग ईकाई एवं ६,५०० भन्दा बढी सहायक प्रतिनिधिहरुमार्फत सरल र सुलभ रुपमा प्राप्त गर्न सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यो सुविधा आगामी असोज, कात्तिक र मङ्सिर महिनासम्म कायम रहेनछ ।

योे समयमा ग्राहकले रकम पठाउँदा उच्च लाभ प्राप्त हुने र सहज तवरबाट यस बैंक मार्फत सजिलै रकम पठाउन र निकाल्न सकिने बैंकले जनाएको छ ।  त्यस्तै असोज १ गतेदेखि मंसिर २९ सम्म बैंकले एन आई सी रेमिट मार्फत रकम पठाउने आफ्ना समस्त ग्राहकहरुलाई ३ पटक रकम पठाउँदा १ पटक सित्तैमा पठाउन पाउने अवसर प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्