इलामको पशुपतिनगरमा युवती फकाएर भारत लैजाँदै गर्दा दुई भारतीय पक्राउ

<span class='c1'>इलामको पशुपतिनगरमा युवती फकाएर भारत</span> <span class='c2'>लैजाँदै गर्दा दुई भारतीय पक्राउ</span>

१ असोज इलाम । इलामको पशुपतिनगरमा युवती फकाएर भारत लैजाँदै गर्दा दुई भारतीय पक्राउ परेका छन् । पाँथरबाट एक युवतीलाई फकाएर भारत लैजाने क्रममा दुई भारतीय पक्राउ परेका हुन । पक्राउ पर्नेमा भारतको दार्जिलिङ्ग, राङबाङ बस्ति , लामा डांडा वस्ने दलबिर मुखिया र सोही ठाउँका आयुष भन्ने बिबेक राई रहेका छन् ।

उनिहरुले पाँचथर फिदिम नगरपालिका वडा नं. ५ बस्ने अनुजा नाम गरेकी युवतीलाई ललाई फकाई विवाह गर्छु भनी पछि लागेका थिए ।अनुजाले नमाने पछी हामी नयाँ छौ अहिलेलाई पाचथर घुमाई देउ भनी बोलाई कुराकानी गरेका थिए । पछि उनीहरुले षडयन्त्र पूर्वक कुरा गर्दा गर्दै हामी भारत फर्किन लागेको पर सम्म पुर्याई देउ भनी रांके सम्म गाडीमा हाली ल्याएका थिए ।

युवतीले गाडी रोक्नुस् भन्दा नमानि तिम्रो घर परिवारले सबैले थाहा पाई सके अब केटी मान्छेको ईज्जत पनि गई सक्यो तिमि लाई जे भए पनी हामी बेहोर्छै भन्दै छलछाम गरी झुक्याई पाँचथर फिदिमबाट भदौँ २९ गते शुक्रबार इलाम सुर्योदय नगरपालिका पशुपतिनगर स्थित नेपाल भारतको सिमा नाकामा पुर्याएका थिए । युवतीलाई सांझमा भारत तर्फ लादै गर्दा पशुपतिनगरको प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुलाइृ मानव बेच बिखन तथा ओसार पसार मुद्धामा अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्