सौर्य एयरलाईन्सको जहाज ठुलो दुर्घटनाबाट जोगियो, चरा ठोक्किएपछि विराटनगर ग्राउण्डेड

सौर्य एयरलाईन्सको जहाज ठुलो दुर्घटनाबाट जोगियो, चरा ठोक्किएपछि विराटनगर ग्राउण्डेड

विराटनगर, १ असोज ।
काठमाडौमा चरा ठोक्किँदै उँडेको सौर्य एयरलाइन्सको जहाज ठुलो दुर्घटनाबाट जोगिएको छ । काठमाडौ बिमानस्थलमा उड्दै गरेको अबस्थामा जहाजमा चरा ठोक्किएकोमा जहाजको अबस्थामै जहाल ल्याण्ड नगरी पाइएलटले सिधै बिराटनगर ल्याएका हुन । जहाज अबतरण गर्ने बेलामा ठुलो आवाज आएको यात्रुहरुले बताएका छन् । त्यो बेला बिराटनगर बिमानस्थलमा यात्रुहरु आँतिएका थिए ।
दाहिने ईन्जीनमा ठोक्कीएको कारण ईन्जीनको पंखामा नै क्षती पुगेको छ । जहाजमा चरा ठोक्किएपछि पंखामा क्षती पुगेकोले जहाज नै उडान गर्न नसक्ने अबस्थामा पुगेको सौर्य एयरलाईन्सका बिराटनगर स्टेशन प्रमुख प्रकाश पौडेलले जानकारी दिए । उनले यात्रुको सुरक्षाको कारणले जहाज उडाउन नसकिने बताए । जहाजमा चरा ठोक्किएको धेरै समय पछि विराटनगर ल्याण्ड गर्नै लाग्दा कन्ट्रोल टावरले बिमानमा खराबी आएको जानकारी गराएपछि मात्र बिमान चालकले समस्याको बारेमा जानकारी पाएका थिए । बिमान २ दिन बिराटनगर मै ग्राउण्डेड गरिएको र पुर्ण तयार भएपछि नियमित उडान गरिने बिराटनगर स्टेशन प्रमुख पौडेलले बताए । यस अघिपनि चरा कै कारण धेरै जहाजहरु दुर्घटनाबाट जोगिएका छन् । सौर्यको पनि दाहिने पंखामा क्षती पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्