साढे ३३ किलो सुनकाण्ड : प्रहरी अधिकारी सहित २१ जनाको पेशी स्थगित

<span class='c1'>साढे ३३ किलो सुनकाण्ड : प्रहरी</span> <span class='c2'>अधिकारी सहित २१ जनाको पेशी स्थगित</span>

विराटनगर, १ असोज ।
सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दाको पेशी फेरी स्थगित भएको छ । उच्च अदालत विराटनगरको ४ नम्बर इजालसमा चढेको पेसी स्थगित भएको हो । पुर्पक्षको लागि थुनामा रहेका निलम्बित उच्च तहका प्रहरी अधिकारीदेखि एयरलाइन्सका कर्मचारी र नेतासम्मको अदालतमा चढेको पेशी स्थगित भएको हो ।
सरकारी वकिलको कार्यव्यस्तताको कारण देखाउँदै पेशी स्थगित गर्ने निवेदन परेपछि पेशी स्थगित भएको हो । आजको पेशी निलम्बित एसएसपी श्याम बहादुर खत्री, पूर्व डिआइजी गोविन्द प्रसाद निरौला, निलम्बित एसपी विकासराज खनालको थियो ।
त्यस्तै एलबी मगर भन्ने लाल बहादुर मगर, बालकृष्ण श्रेष्ठ, गोपाल कुमार श्रेष्ठ, भुजुङ्ग गुरुङ, दोराम खत्री, माधव भन्ने मदन प्रसाद घिमिरे, आर. के. भन्ने राजेन्द्र कुमार शाक्य, विरेन्द्रमान श्रेष्ठ, अमर मान डंगोल, राजु महर्जन, बालकृष्ण सन्जेल, कपिलराज पुरी, मदन सिलवाल, फाल्दुङ्ग फुल्टुङ्ग भन्ने लक्षु बहादुर गुरुङ, मोहन काफ्ले, कृष्ण भन्ने नरेन्द्र कार्कीको पनि पेशी स्थगित भएको छ ।
त्यस्तै श्री एवल नेपाल ट्राभल्स एण्ड टुर्स प्रा.लि.र कान्तिपुर होलिडेज प्रा.लिका रामहरी सुवेदी, व्यवसायी रेवत भन्ने रेवन्तकुमार आचार्यको पेशी पनि स्थगित भएको उच्च अदालतले जनाएको छ।
यी ब्यक्तिको सुनुवाई
यस अघि निलम्बित एसएसपी दिवेश लोहनी र डिएसपी प्रजित केसीलाई साधरण तारेखमा छाड्ने निर्णय भएको थियो । त्यस्तै निलम्बित डिएसपी सञ्जय राउत , तुलाराम थारु र लाक्पा शेर्पालाई उच्च अदालत बिराटनगरले जिल्लाकै आदेश सदर गरेको छ । त्यस्तै टेकराज मल्ल, राजनकुमार, महाबिर गोल्यान, सम्बिरप्रसाद तोलांगे, लुलाराम थारु, पुण्यप्रसाद लामा, हेमन्त गौतम, राजन थापा, थुनामै राखेर अनुसन्धान गर्न भनेको छ । गोरेका सहयोगी रामकुमार तिवारीलाई ५ लाख धरौटीमा थुनामुक्त्त गर्न अदालतले आईतवार आदेश दिएको छ ।
ठुला छुटे साना जेल पसे
सुनकाण्डमा संलग्न रहेको आरोप लागेका तर जिल्ला अदालतबाट छुटेका प्रहरी जवान बिष्णुबहादुर खडका र प्रहरी हवल्दार अम्मरबहादुर थापालाई भने उच्च अदालतले जेल हाल्ने आदेश दिएको छ । उच्च अदालतले जिल्लाको आदेश बदर गर्दै थुनामा राख्न आदेश दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्