बोर्डिङमा अध्यनरत पाँच वर्षीय बालकको रहस्यमय मृत्यु

<span class='c1'>बोर्डिङमा अध्यनरत पाँच वर्षीय</span> <span class='c2'>बालकको रहस्यमय मृत्यु</span>

बझाङ । चैनपुरमा संचालनमा आएको समता बोर्डिङ स्कुलमा अध्यनरत एक बालकको रहस्यमय रुपमा ज्यान गएको छ । नर्सरीमा अध्ययनरत जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का ५ वर्षीया नगीन कुँवरको रहस्यमय रुपमा ज्यान गएको हो । सोमबार विद्यालय छुट्टी भएपछि घर जाने क्रममा कक्षा कोठा भित्रै बेहोस अवस्थामा फेला परेका बोर्डिङ स्कुलका प्रध्यानाध्यापक योगीता जोशीले बताउनुभयो । उहाँका अनुसार बेहोस अवस्थामा कक्षा कोठामा पल्टिएका बालकलाई उपचारका लागि जिल्ला अस्पतालमा लैजादै गर्दा बीच बाटोमा नै ज्यान गएको हो । जिल्ला अस्पतालका डाक्टरहरुका अनुसार बालकको टाउकोको पछाडि पट्टी चोट लागेको पाइएको थियो ।

बालकसँग उहाँकै दिदी नबिना कुँवर रहेको प्रध्यानाध्यापकले बताउनु भएको छ । ‘विद्यालयको छुट्टी ३ बजेर ५ मिनेटमा हुन्थ्यो । हामीहरु र भएका शिक्षिका साथीहरु सबै बालबालिकाहरुलाई अभिभावकको जिम्मा लगाउँदै थियौं । घटना कसरी घट्यो भन्ने पत्तो नै लागेन । हामीहरु पनि अचम्ममा परेका छौं’, प्रध्यानाध्यापकले भन्नुभयो ।

आफूहरुले थाहा पाउने वित्तिकै अस्पतालमा नै ल्याउने क्रममा बालकको बीच बोटोमा नै ज्यान गएको हो । यता जिल्ला प्रहरी कार्यलय बझाङका अनुसार घटनाकाबारे अनुसन्धान भै रहेको बताइएकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्