मोरंगका तीन युवाहरु काठमान्डौमा पक्राउ परे

मोरंगका तीन युवाहरु काठमान्डौमा पक्राउ परे

साँखु (रासस)।  फरार तीन अभियुक्तलाई महानगरीय प्रहरी बृत बौद्धको प्रहरी टोलीले सोमबार पक्राउ गरेको छ ।

गत साउन १६ गते ज्यान मार्ने उद्देश्यले कुटपिट गरी फरार भएका मोरङ केराबारी गाउँपालिका–३ का ३३ वर्षीय अर्जुन गुरुङलाई काठमाडौँको चुच्चेपाटीबाट पक्राउ गरिएको प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिए ।
यस्तै मोरङ केराबारी–१० का २९ वर्षीय निराकार मगर र सोही ठाउँका २६ वर्षीय सन्देश तामाङलाई समेत  प्रहरीले पक्राउ गरेको छ । दुवै जना ज्यान मार्ने उद्योगमा पक्राउ पछि फरार रहेका थिए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङ पठाइने महानगरीय प्रहरी बृत बौद्धले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्