सरकारले लिएको कर नीतिको उद्योगी ब्यवसायीद्धारा चर्को आलोचना

सरकारले लिएको कर नीतिको उद्योगी ब्यवसायीद्धारा चर्को आलोचना

काठमाडौँ, २ असोज ।
उद्योगी, व्यवसायीहरुले सरकारले लिएको कर नीतिको चर्को आलोचना गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधान र नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले सरकारले लिएको कर नीतिको चर्को आलोचना गर्नुभएको हो । नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले तत्काल कर नीति परिवर्तन नगरे नेपालमा कुनै पनि व्यवसाय संचालन हुन नसक्ने चेतावनी दिए । उनले विद्यमान कर नीतिले करको दायरा पनि नबढाउने दाबी गरे । उपाध्यक्ष अधिकारीले करको दायरा बढाउन पनि तत्काल उचित र व्यवहारिक कर नीति ल्याउन सरकारसँग माग गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले कर असुलीलाई पारदर्शी बनाउन सरकारसँग माग गरे । उनले जनताबाट लिएको कर सदुपयोग गरेको पुष्टि हुनेगरी कर असुली गर्न सरकार लाग्नुपर्ने आवश्यक्ता पनि औंल्याए । करको सदुपयोग गरे मात्रै कर असुली पनि सहज हुने उपाध्यक्ष प्रधानको भनाइ छ ।
उद्योगीहरुले दोहोरो करको मारमा नपार्न पनि सरकारलाई दबाब दिँदै आएका छन् । उनीहरुले स्थानीय तहले जथाभावी कर उठाएको भन्दै तत्काल नियन्त्रण गर्न पनि सरकारसँग आग्रह गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्