काठमाडौंमा २१ वर्षीय युवतीमाथि सामूहिक बलात्कार

<span class='c1'>काठमाडौंमा २१ वर्षीय</span> <span class='c2'>युवतीमाथि सामूहिक बलात्कार</span>

काठमाडौं असोज २। काठमाडौंमा २१ वर्षीय युवतीमाथि सामूहिक बलात्कार भएको छ । उनीमाथि बलात्कार गरेको आरोपमा ३ जनालाई पक्राउ गरिएको छ ।

कालिमाटीस्थित महिला तथा बालबालिका सेलले बलात्कार आरोपमा नुवाकोट रालुकादेवी गाउँपालिका-९ घर भइ कलंकी बस्दै आएका ३९ वर्षीय अर्जुन लामा, काठमाडौं नागार्जुन नगरपालिका-८, मजुवा बस्दै आएका ३३ वर्षीय सूर्य राना र भिमढुङ्गा नर्सरीमा होटल सञ्चालक ४० वर्षीय रामकृष्ण नगरकोटीलार्इ पक्राउ गरेको हो ।

नागार्जुन नगरपालिका-७, हसनटारकी ती युवतीलाई नगरकोटीको होटलमा लगेर सामूहिक बलात्कार गरेकोे जनाइएको छ ।

उनी सोमबार स्यूचाटारबाट बेपत्ता भएको उजुरी परेपछि प्रहरीले खोजतलास गरेको थियो । त्यसक्रममा उनलाई होटलबाट उद्दार गरिएको थियो ।थप अनुसन्धान भइरहेको जनाइएको छ । (अनलाइन खबर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्