३८ क्विन्टल सुन तस्करी : उच्च अदालत विराटनगरद्वारा एसपी खनाललाई सादा तारेखमा रिहा

<span class='c1'>३८ क्विन्टल सुन तस्करी : उच्च अदालत</span> <span class='c2'>विराटनगरद्वारा एसपी खनाललाई सादा तारेखमा रिहा</span>

विराटनगर, २ असोज । उच्च अदालत विराटनगरले निलम्बित एसपी खनाललाई तारेखमा रिहा गर्न आदेश दिएको हो । साढे ३३ किलो सहितको ३८ क्विन्टल सुन तस्करी प्रकरण र मोरङ उर्लावारीका सनम शाक्यको हत्या प्रकरणमा जिल्ला अदालतको आदेशअनुसार थुनामा रहेका प्रहरीका निलम्बित एसपी विकासराज खनाल तारेखमा रिहा भएका हुन् ।
उच्च अदालत विराटनगरका न्यायाधीश नागेन्द्रलाभ कर्ण र थीरबहादुर कार्कीको संयुक्त इजलाशले खनाललाई सादा तारेखमा राखेर रिहा गर्ने आदेश गरेको हो । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा कार्यरत रहेको अवस्थामा सुन तस्करीमा संलग्न रहेको पाइको भन्दै जिल्ला अदालत मोरङले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
जिल्ला अदालतको आदेशअनुसार थुनामा रहेका खनाल तत्कालिन मुलुकी ऐनअन्तर्गत अदालती बन्दोबस्तीको १७ नम्बर महलअन्तर्गत उच्च अदालत विरटानगरमा निवेदन दिएका थिए ।
उच्च अदालत विराटनगरले तत्काल प्राप्प प्रमाणबाट खनाललाई थुनामा राखिराख्नुपर्ने कारण नदेखिएकाले तारेखमा राखि मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो । मंगलवार खनालको पक्षमा वरिष्ठ अधिवक्ता यदुनाथ खनाल र अधिवक्ता विकास थापाले बहस गरेका थिए । यस्तै वादी (सरकार)को पक्षबाट जिलला सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधीवक्ता पुन्य प्रसाद पाठक र उप–न्यायाधीवक्ता राजेन्द्र सिंह भण्डारीले प्रतिरक्षार्थ बहस गरेका थिए ।
साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा जिल्ला अदालतको आदेशअनुसार थुनामा रहेर उच्च अदालतले रिहा गरेका निलम्बित प्रहरी अधिकारीमा खनाल तेस्रो हुन् । उच्च अदालत विराटनगरले यसअघि गत शुक्रवार प्रहरीका निलम्बित वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनी तथा आइतवार निलम्बित प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रजित केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो । अदालतमा २१ वटा मुद्दा पेशी चढेकोमा एउटा सुनुवाई भएको हो भने ६ वटा स्थगित भएको छ । अन्य १४ वटा मुद्दा हेर्न नभ्याईएको जिल्ला अदालतका रजिष्टार नारायणप्रसाद रेग्मीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्